प्रधानमन्त्रीमा नियुक्त भएकै दिन किन राजीनामा दिईन् मग्डलेनाले ?

प्रधानमन्त्रीमा नियुक्त भएकै दिन किन राजीनामा दिईन् मग्डलेनाले ?

काठमाडौं । स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त म्याग्डलेना यान्डरसनले केही घण्टामै राजीनामा दिएकी छिन् । यान्डरसन हिजो प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् । तर उनको गठबन्धन सरकारको साझेदार दल ग्रीन्सले समर्थन फिर्ता लिएपछि राजीनामा दिएकी हुन् । यान्डरसनले राजीनामा दिएपछि स्वीडेनमा बजेट पारित हुन सकेको छैन ।

ग्रीन्सले उग्र दक्षिणपन्थीसँग मस्यौदा गरिएको बजेट स्वीकार गर्न नसकेको जनाएको छ । यान्डरसनले अब एकल पार्टी नेतृत्वको सरकारको प्रधानमन्त्री हुन कोशिस गर्ने बताएकी छिन् । स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको एक सय वर्षपछि प्रधानमन्त्रीमा ५४ वर्षीया सोसियल डेमोक्र्याट नेता यान्डरसन नियुक्त भएकी थिईन्

संसद्का ३४९ जना सांसद् मध्ये १७४ ले उनको विपक्षमा मत खसालेका थिए । उनलाई समर्थन गर्ने ११७ सांसदसहित थप ५७ जना तटस्थ रहेका थिए ।