प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास

काठमाडौं ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै असन्तुष्ट न्यायाधीशहरुले भोलि सर्वाेच्च अदालतको गेटदेखि बालुवाटरसम्म मार्च गर्ने भएका छन् । 

नेपाल बार एसोसिएसनको नेतृत्वमा सातवटा नागरिक संस्था र बृहत् नागरिक आन्दोलनले सो मार्चपास गर्न लागेका हुन् । 

प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाईसकेको बारले राजनीतिक दललाईहरु दवाव दिने उद्देश्यले उक्त मार्चपासको आयोजना गर्न लागेको जनाएको छ ।

नेपाल बार एसोसिएनस, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ, आदिवासी जनजाति महासंघ र बृहत् नागरिक आन्दोलनको संयुक्त आह्वानमा मार्चपास हुने छन् । 

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै गत कात्तिक ८ गतेदेखि सुरु भएको आन्दोलन यहाँसम्म आइपुग्दा आन्दोलनका विभिन्न चरणहरु पूरा गरेको छ । तेस्रो चरणको आन्दोलनको अन्तिमतिर बारले बुधबार देशभरका उच्च अदालतमा आन्दोलन गरेको छ । अझै प्रधानन्यायाधीशले राजीनामा दिएका छैनन् । 

बारले बिहीबार सर्वोच्च परिसरमा १० बजेदेखि १२ बजेसम्म धर्ना दिने र २ बजे सर्वोच्चको गेट हुँदै बालुवाटारसम्म पुगेर प्रधानन्यायाधीशको बहिर्गमनका लागि दबाब दिने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिएका छन् । 

बुधबार बसेको असन्तुष्ट न्यायाधीशहरुको बैठकले बिहीबार फुलकोर्ट बोलाउने र मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने निर्णय गरेका छन् ।