भोलि फुलकोर्ट बोलाउने, १५ गतेदेखि गोलाप्रथा लागू

भोलि फुलकोर्ट बोलाउने, १५ गतेदेखि गोलाप्रथा लागू

काठमाडौं । सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूको भोली प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई फुलकोर्ट बैठक बोलाउन गर्ने भएका छन् । आज बसेको न्यायाधीसहरुको बैठकले यस्तो निर्णय गरेको हो । 

आज बसेको बैठकले प्रधानन्यायाधीस जबरालाई बिहीबार २ बजे फूलकोर्ट बोलाउन आग्रह गर्ने र मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने गरी अघि बढ्न माग गर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलित न्यायाधीशहरुको यसअघि बसेको फुलकोर्ट बैठकले गोलाप्रथा कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।

सर्वोच्च अदालत नियमावली दोस्रो संशोधन सोमबार राजपत्रमा प्रकाशित भएसँगै गोलाप्रथा लागू गर्ने कानुनी बाटो खुलेको हो । भोलिको फुलकोर्ट बैठकले निर्णय गरेपछि गोलाप्रथा कार्यान्वयन जाने छ ।