अध्यक्षमा ओली नै सर्वसम्मत चयन हुनेछन् : प्रदीप ज्ञवाली

अध्यक्षमा ओली नै सर्वसम्मत चयन हुनेछन् : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का प्रवक्ता तथा सचिव प्रदीप ज्ञवालीले अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् । बुधबार राजधानीमा आयोजित 'साइबर सर्कल' घोषणा कार्यक्रममा बोल्दै प्रवक्ता ज्ञवालीले आगामी १०औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा ओली नै सर्वसम्मत चयन हुने दावी गरे । 

अध्यक्ष ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित गर्न सफल भएको भन्दै अझै पनि नेतृत्व उनले नै गर्नुपर्ने बताए । ओलीलाई एमालेले मात्रै नभई सिंगो मुलुकले नै चाहेको भन्दै आब ओलीको विकल्पमा केही हुनै नसक्ने दावी गरे । 

उनले भने, ‘१०औँ राष्ट्रिय महाधिवेशनले आगामी नेतृत्वका लागि ओलीलाई नै सर्वसम्मत चयन गर्नेछ ।’ यही मंसिर १०–१२ गतेसम्म एमालेको १० औं महाधिवेशन चितवनमा हुँदैछ ।

अध्यक्षका लागि उपाध्यक्ष भीम रावलले दावी घोषणा गरिसकेका छन् भने अध्यक्ष ओली उम्मेदवारी दिने वा नदिनेबारे निर्णयन गरेका छैनन् ।