कांग्रेस कञ्चनपुरमा संस्थापन पक्षबीच नै प्रतिस्पर्धा

कांग्रेस कञ्चनपुरमा संस्थापन पक्षबीच नै प्रतिस्पर्धा

काठमाडौं । संस्थापन पक्ष बलियो मानिएको कञ्चनपुरमा सोही समूहबीच नै प्रतिष्पर्धा भएको छ । संस्थापन पक्षका दुई केन्द्रीय नेताहरुले प्यानल बनाई प्रतिष्पर्धा गरेका हुन् । अन्ततः एकले अर्काेलाई त हरायो तर संस्थापन पक्षले सोही पक्षका नेतालाई हराएको हो । 

कञ्चनपुरको २ मा नेता रमेश लेखक पक्षलाई एनपी साउदको प्यानलले हराएको हो । साउद पक्षबाट सभापति उठेका लालबहादुर सिंह विजयी भएका छन् । 

सिंहले खसेको ५०४ मतमा ३४१ प्राप्त गरे । लेखकले प्रतिस्पर्धामा उतारेका नवराज जोशीले १५७ मत ल्याएका छन् । 

सचिवमा पनि साउद पक्षकै विजयी भएका छन् ।