रुपन्देही क्षेत्र नम्बर ३ को मतदान अनिश्चितकालका लागि स्थगित, सुचारु गर्नुपर्ने माग गर्दै नारावाजी

रुपन्देही क्षेत्र नम्बर ३ को मतदान अनिश्चितकालका लागि स्थगित, सुचारु गर्नुपर्ने माग गर्दै नारावाजी

रुपन्देही । नेपाली कांग्रेस रुपन्देहीको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ को मतदान प्रक्रिया स्थगित भएको छ । मतदान प्रक्रिया ढिला सुरु भएको भन्दै एक समूहले मतदान वहिष्कार गरेपछि मतदान अनिश्चितकालका लागि स्थागित बनेको हो । 

आज अपरान्ह ५ः४५ बाट मतदान प्रक्रिया सुरु भएपछि क्षेत्रीय कमिटीका सभापति पदका उम्मेदवार मातृकाप्रसाद यादवसहितको समूहले मतदान बहिष्कार गरेको थियो ।

साँझबाट मतदान सुरु भएपछि रातिसम्म अबेरसम्म हुने र सुरक्षा हुन नसक्ने जनाउँदै सो समूहले मतदान बहिष्कार गरेको हो । हालसम्म ५० वटा मत खसिसकेको अवस्थामा पौडेल पक्ष मतदान स्थानबाट बाहिरिएको हो । 

बहिष्कार गरेलगत्तै निर्वाचन मण्डलले एक पक्षीयरुपमा मतनदान गराउन उपयुक्त नहुने भन्दै स्थगित गरेको छ । एक पक्षले बहिष्कार गरेपछि एकलौटी  रुपमा मतदान गर्न नमिल्ने भन्दै अनिश्चितकालका लागि निर्वाचन प्रक्रिया रोकिएको  प्रमुख निर्वाचन अधिकृत जीवनारायण अधिकारीले जानकारी दिए । 

देउवा पक्षले भने मतदान प्रक्रिया अघि बढाउन माग गरिरहेको छ । मतदान सुचारु राख्नु पर्ने भन्दै मतदानस्थलमा नाराबाजी गरेको छ ।