सर्वाेच्चमा गोलाप्रथाबाट पेसी तोक्ने कानुन राजपत्रमा प्रकाशित

सर्वाेच्चमा गोलाप्रथाबाट पेसी तोक्ने कानुन राजपत्रमा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतको फुलकोर्टले गोलाप्रथाबाट पेसी तोक्ने कानुन नेपाल राजपत्रमा प्रकाशित भएको छ । मंसिर २ गते पूर्ण बैठक (फुल कोर्ट)ले पेसी तोक्न गोलाप्रथा लागू गर्ने निर्णय गरेको थियो ।

नेपाल राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने कानुनी बाटो खुलेको हो । अब यसले कानुनी मान्यता पाएको छ ।

गोलाप्रथा संचालनका लागि प्रमुख जिम्मेवारी सर्वोच्च अदालतका मुख्य रजिष्टारलाई दिइएको छ । यसको सबै भन्दा महत्वपूर्ण जिम्मेवारी सर्वोच्च प्रशासनले पाएको हो ।

यद्यपि, यसलाई औपचारिकता दिन सर्वोच्च अदालतको ‘फुल कोर्ट’ ले निर्णय गर्नुपर्ने छ । यसअघि प्रधानन्यायाधीशले पेसी व्यवस्थापन गर्ने गरेकोमा अब पेसी व्यवस्थापन निर्देशन समितिले गर्नेछ ।