काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि आफूले पनि गर्नुपर्ने बताएका छन् । उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि उनले ठट्टा पारामा ट्वीट गर्दै आफूले पनि उम्मेदवारी दिने कुरा बताएका हुन् ।
सामाजीक संजालमा उनले लेखेका छन्, ‘धैरै कमरेडहरु भटाभट उम्मेदवारी घोषणा गर्दै पो रेछन त ! जे त होला म पनि गर्दिम कि जस्तो लाग्न थाल्यो बा !’
भीम रावलले हिजो एक पत्रकार सम्मेलन गर्दै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए । उनको यो घोषणासंगै अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मत अध्यक्ष हुने योजनामा धक्का लागेको छ ।