ट्रेड युनियनहरुले बुधबार गरे भारत बन्द

ट्रेड युनियनहरुले बुधबार गरे भारत बन्द

काठमाडौं : भारतीय ट्रेड युनियनहरुले मोदी सरकारले श्रमविरोधी नीति ल्याएको भन्दै बुधबार ‘भारत बन्द’ को घोषणा गरेका छन् । बन्दले विभिन्न राज्यहरुमा जनजीवन प्रभावित भएको छ ।

विभिन्न १० वटा केन्द्रीय ट्रेड युनियनहरुले केन्द्रीय श्रम मन्त्रीसमक्ष १४ सूत्रीय माग राखेर आम हडतालको घोषणा गरेका हुन् । हडतालमा २५ करोड मजदुरहरु सहभागी गराउने ट्रेड युनियनहरुले दाबी गरेको छ ।

मजदुरका अधिकारका लागि हडताल गरिएको भनिए पनि विभिन्न राज्यमा प्रदर्शनकारीहरुले आ(आफ्नै मागहरु राखेका छन् ।प्रदर्शनकारीहरुले रेल सेवालाई पनि अवरुद्ध पारेका छन् ।

मजदुरको हडतालका कारण बैंकहरु बन्द भएकाले एटीएम सेवासमेत प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हडतालमा बैंकिङ क्षेत्रका कर्मचारीका साथै वीमा क्षेत्रका कर्मचारीसमेत सामेल भएका छन् । बन्दमा कम्युनिस्ट र कांग्रेसका नेता कार्यकर्ताहरु समेत सडकमा देखिएका छन् ।