पौडेल पक्षमाथि देउवा पक्षको आक्रमण, उम्मेदवारसहित पाँच घाइते

पौडेल पक्षमाथि देउवा पक्षको आक्रमण, उम्मेदवारसहित पाँच घाइते

रुपन्देही । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेर बहादुर देउवा पक्षले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमाथि गरेको आक्रमणका कारण पाँच जना घाइते भएका छन् ।

पार्टीको जिल्ला तहका महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ (क) मा मतगणना भइरहेका क्रममा विवाद भई झडपको स्थिती बनेको हो ।

सिद्धार्थनगर नगरपालिका भैरहवामा मतगणना भइरहेका मुख छोपेर आएका देउवा पक्षका कार्यकर्ताले बत्ती बन्द गराएर आक्रमण गरेका थिए ।

आक्रमणका क्रममा एक उम्मेदवारसहित पाँच जना घाइते भएका छन् । आक्रमणमा घाइते भएका शैलेश पन्तको हाल लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको नाकमा गम्भिर चोट लागेको छ । 

मत गणनामा पौडेल पक्षबाट प्यानल नै बनाएर प्रदेश सभा क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका पुरनप्रसाद श्रेष्ठको टिमले अग्रता लिँदै गएको अवस्थामा उनीहरुमाथि आक्रमण भएको थियो । मत गणनामा हार्ने निश्चित भएपछि तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङको नेतृत्वमा आक्रमण भएको सभापतिका उम्मेद्वार पुरनप्रसाद श्रेष्ठले आरोप लगाएका छन् ।