बारका अध्यक्षलाई प्रधानन्यायाधीशको पत्र : समस्या समाधान गरौं

बारका अध्यक्षलाई प्रधानन्यायाधीशको पत्र : समस्या समाधान गरौं

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र पठाएका छन् ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै  कात्तिक १४ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका आन्दोलनरत बारलाई समस्या समाधानका लागि भन्दै छलफल गर्न पत्र पठाएका हुन् । 

बार अध्यक्ष श्रेष्ठले सल्लाहकार समिति बैठकमा आफूलाई सर्वोच्च अदालतबाट आएको पत्र पढेर सुनाएका थिए ।

पत्रमा राणाले वार्तामार्फत समस्या समाधान गरेर अघि बढ्न आग्रह गरेका छन् । अब जवाफ के दिने भन्ने विषयमा वा कसरी अघि बढ्ने भन्ने विषयमा बारले छलफल गरिरहेको छ।