माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म

काठमाडौ । नेकपा (माओवादी केन्द्र)ले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने भएको छ । 

माओवादी केन्द्रीय निर्वाचन आयोगले शुक्रबार पेरिसडाँडामा पत्रकार सम्मेलन गरी सो कुरा जानकारी गराएको हो । पार्टीले यही शनिवार (मंसीर ४) मा वडा अधिवेशन गर्दैछ भने त्यसको सम्पूर्ण तयारी पूरा भएको पनि जनाएको छ । 

शनिबार देशव्यापी सम्पूर्ण वडाहरुमा नेतृत्व चयन हुने र निर्वाचनका लागि प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाउने आयोगले जानकारी दिएको छ ।

यस्तै, मंसिर ११ गते पालिकाको नेतृत्व चयन गर्ने र २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि निर्वाचन हुने माओवादी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठले जानकारी दिए । 

आयोगले प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समितिहरु गठन गरिएको र समितिहरुलाई निर्वाचन नियमावलीबारे प्रशिक्षण दिएको श्रेष्ठले बताए ।

प्रदेशको सम्मेलनपछि आगामी पुस ११ देखि १३ गतेदेखि पार्टीको राष्ट्रिय सम्मेलन हुने आयोगले जनाएको छ ।