प्रधानमन्त्री रोजगार र ‘फ्री भिसा फ्री टिकट’को कार्यान्वयन परिमार्जन गरिनेछ : श्रममन्त्री श्रेष्ठ

प्रधानमन्त्री रोजगार र ‘फ्री भिसा फ्री टिकट’को कार्यान्वयन परिमार्जन गरिनेछ : श्रममन्त्री श्रेष्ठ

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले  ‘फ्री भिसा फ्री टिकट’ र प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गरिने बताएका छन् । 

शुक्रबार वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारको प्रतिबद्धता विषयक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्ता कार्यक्रमलाई परिमार्जन गरी थप मर्यादित र व्यवस्थित बनाउने बताए । 
उनले ‘फ्रि भिसा र फ्रि टिकट’को नारालाई लागू नगर्नेहरूलाई कानुनी कारबाही गर्ने पनि बताए ।

सरकारले श्रमिकहरूको हकहितका लागि केन्द्रित केही विशेष निर्णयहरु गर्न लागेको मन्त्री श्रेष्ठले बताए । 

मन्त्री श्रेष्ठले भने, ‘भिसा, फ्रि टिकटमा सर्भिस चार्ज १० हजार भनिएको छ, यसमा जाने श्रमिक पनि ठगिएको छ, राज्यले लिने कर पनि लिन पाएको छैन, सरकार ठगिएको छ, श्रमिक ठगिएको छ’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘यस विषयमा छलफल गरेर केही निर्णय गर्दैछौँ । श्रमिकहरुले एजेन्टमार्फत् नभइ सिधा म्यानपावरमा सम्पर्क गर्ने व्यवस्था कार्यान्वयन गरिनेछ, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई केही परिमार्जन गरेर मर्यादित र व्यवस्थित बनाउनेछौँ ।’