कानून व्यवसायीलाई गाली गर्ने दुई जना पक्राउ

कानून व्यवसायीलाई गाली गर्ने दुई जना पक्राउ

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुलाई अश्लील शब्द प्रयोग गर्दै गाली÷धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बिहीबार नेपाल बार एशोसिएसनको प्रांगनमा पुगेका आधा दर्जन युवाहरुले अश्लील शब्द बोल्दै कानुन व्यवसायीहरुलाई आन्दोलन नगर्न धम्की दिएका थिए । पक्राउ पर्नेहरुमा तीर्थ ढकाल र सिताराम श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई काठमाडौंका फरक फरक स्थानबाट हिजो राती पक्राउ गरिएको प्रहरी परिसर टेकुका निमित्त प्रमुख एसपी रमेश बस्नेतले जानकारी दिए । उनीहरुले कानुन व्यवसायीहरुलाई तथानाम बोलेकोप्रति बयान लिने काम भइरहेको बस्नेतले जानकारी दिए ।