आन्दोलनका थप कार्यक्रम तय गर्न बारले बोलायो बैठक

आन्दोलनका थप कार्यक्रम तय गर्न बारले बोलायो बैठक

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले तेस्रो चरणको आन्दोलन घोषणा गर्ने भएका छन्। 

यसका लागि नेपाल बार एसोसिएसनले बार सल्लाहकार र पदाधिकारीको बैठक बोलाएको छ। बैठक दिउँसो १ बजे बार भवन राम शाह पथमा बस्नेछ। 

आन्दोलनलाई देशव्यापी र थप प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल हुने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए।बारले आज दिउँसो ३ बजेसम्म राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई अल्टिमेटम दिएको छ। राणाले राजीनामा नदिए थप सशक्त कदम चाल्ने नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले चेतावनी दिएका छन्।