पाकिस्तानमा महिला विधायकको अश्लील भिडिओ भाइरल, एक जना पक्राउ

पाकिस्तानमा महिला विधायकको अश्लील भिडिओ भाइरल, एक जना पक्राउ

कराची । पाकिस्तानमा राजनीतिक नेताहरू पनि साइबर अपराधीका सिकार भइरहेका छन्। यसै क्रममा पञ्जाब प्रान्तकी एक महिला नेताको अश्लील भिडिओ अहिले भाइरल भइरहेको छ।

यी महिला नेताको नाम सानिया आशिक हो। उनी तक्षशिला विधानसभा क्षेत्रका विधायक हुन्। सानियाले भिडिओबारे गत अक्टोबर २६ मा सरकार र केन्द्रीय अनुसन्धान एजेन्सीमा उजुरी दिएकी थिइन्।

लामो अनुसन्धानपछि प्रहरीले भिडिओ सार्वजनिक गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। तर यस विषयमा एजेन्सीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।