फुलकोर्ट बैठकबाट गोलाप्रथासम्बन्धी नियमावली र निर्देशिका पारित

फुलकोर्ट बैठकबाट गोलाप्रथासम्बन्धी नियमावली र निर्देशिका पारित

काठमाडौं । सर्वोच्च अदालतको फुलकोर्ट (पूर्ण) बैठकबाट गोलाप्रथासम्बन्धी नियमावली र निर्देशिका पारित गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशको बिहीबार बसेको फुलकोर्ट बैठकले गोलाप्रथासम्बन्धी नियमावली र निर्देशिका पारित गरेको हो । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आफैँले बैठक बोलाएका थिए । तर स्वयं जबरा भने बैठकमा उपस्थित नभएको सहभागी एक न्यायाधीशले बताए ।
यता नेपाल बार एशोसिएशनले भने कुनै पनि बहाना र सर्तमा प्रधानन्यायाधीशको राजीनामा नभएसम्म आन्दोलन नरोकिने जनाएको छ ।