कांग्रेस अधिवेशन : निर्वाचन अधिकृत कुटिए

कांग्रेस अधिवेशन : निर्वाचन अधिकृत कुटिए

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बिहीबार सर्लाहीमा वडा अधिवेशन हुँदैछ । गत २७ कात्तिकमा तय भएको उक्त वडा अधिवेशन विवादका कारण रोकिएको थियो । 

आज अधिवेशन गर्ने तयारी गर्ने भनि डाकिएको छलफलका क्रममा जिल्ला निर्वाचन अधिकृत नै कुटिएका छन् ।

छलफलमा क्रियाशील सदस्यताको विषयलाई लिएर वडा अधिवेशन रोक्न माग गरिएको थियो । जिल्ला निर्वाचन अधिकृत दिवाकर पाण्डेले उक्त प्रस्तावलाई अस्वीकार गरेपछि उनीमाथि हातपात भएको हो ।