सर्वोच्च फुलकोर्ट बैठक सुरु

सर्वोच्च फुलकोर्ट बैठक सुरु

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको फुलकोर्ट बैठक सुरु भएको छ । 

जहाँ प्रधानन्यायाधीशसँग असन्तुष्ट १८ जना न्यायाधीश पनि सहभागी रहेको बताइएको छ । 

अदालतमा देखिएका विवाद समाधान गर्न फुलकोर्ट बैठक डाकिएको हो । बैठक केही बेरअघि मात्रै सुरु भएको छ । 
सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोलाप्रथा प्रणालीका सम्बन्धमा छलफल हुने बुझिएको छ । 

गोला प्रथाद्वारा पेसी तोक्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूची रहेको छ ।