कानुन व्यवसायीको टाउकोमा प्रहरीको लाठ्ठी बर्सियो, एक दर्जन घाइते

कानुन व्यवसायीको टाउकोमा प्रहरीको लाठ्ठी बर्सियो, एक दर्जन घाइते

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनको विरोध प्रर्दशनका क्रममा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीको हस्तक्षेपबाट नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित एक दर्जन घाइते भएका छन् । 

प्रहरीको लाठी प्रहारबाट एसोसियशनका केन्द्रीय सदस्य कानुन व्यवसायी प्रकाश महर्जन गंभिर घाईते बनेका छन् । 

टाउकोमा गम्भिर चोट लागेका महर्जनको बबरमहलस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको बारले जनाएको छ । 

यसैबीच नेपालबारले प्रधानन्यायाधीश र सर्वोच्च प्रशासनले बारको आन्दोलनलाई दबाउने रणनीति लिएमा प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश गर्नै नदिने चेतावनी दिएको छ ।