सभापतिमा फेरि देउवालाई नै जिताउनु पर्छ : गृहमन्त्री खाँण

सभापतिमा फेरि देउवालाई नै जिताउनु पर्छ : गृहमन्त्री खाँण

बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँणले पार्टी सभापति र प्रधानमन्त्री एउटै हुन जरुरी रहेको भन्दै पार्टीको आसन्न १४ महाधिवेशनबाट पुनः प्रधानमन्त्री शेर बहादुर देउवालाई नै सभापतिमा जिताउनुपर्ने तर्क गरेका छन् । 

बुधबार भैरहवामा आयोजित नेपाली कांग्रेसको एक कार्यक्रमलाई संबोधन गर्दै उनले आफ्नो प्रष्ट विचार राखेका हुन् । उनले पार्टी सभापतिमा शेरबहादुर देउवालाई नै जिताउनुपर्ने धारणा राखे । 

उनले भने, ‘पार्टी सभापति र प्रधानमन्त्री एउटै सहज परिस्थिती छ  प्रधानमन्त्री र सभापति फरक व्यक्ति हुँदा सरकार पार्टी र सरकार दुबै ठाउँमा द्वन्द्व पैदा हुने स्थिती सिर्जना हुन्छ ।’

वर्तमान सरकारले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने संकल्प लिएको बताए । उनले विप्लव समूहसंग वार्ता भइरहेको भन्दै उनीहरुको राजनीतिक मागलाई सम्बोधन गरेर राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकार अग्र्रसर रहेको बताए । उनले अझै पनि हतियार नबुझाएका शक्तिहरुलाई बुझाउन आग्रह समेत गरे ।