सभापतिमा उठ्ने शशांकको घोषणा

सभापतिमा उठ्ने शशांकको घोषणा

संखुवासभा । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताएका छन् । 

बुधबार संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । 

पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको भन्दै चाँडै नै औपचारिक रूपमा सभापति पदको उम्मेदवारी घोषणा गर्ने बताए । 

पाँचदलीय गठबन्धन चुनावअघिसम्म मात्रै रहने भन्दै आगामी चुनावमा कुनै पार्टीसँग कांग्रेसको तालमेल नहुने धारणा व्यक्त गरे । 

कांग्रेसले सत्ता गठबन्धनका लागि मात्रै सहकार्य गरेको पनि बताए । उनले आगामी चुनाव कांग्रेसले एक्लै लड्ला पनि पार्टीको बहुमतको सरकार बनाउने दावी गरे ।