इजलासमा फर्किएका न्यायाधीशहरु पनि प्रधानन्यायाधीशको राजीनामाको पक्षमा

इजलासमा फर्किएका न्यायाधीशहरु पनि प्रधानन्यायाधीशको राजीनामाको पक्षमा

काठमाडौ । इजलासमा फर्किएका सर्वोच्च अदालतका पाँच जना न्यायाधीशहरु पनि प्रधानन्यायाधीश चोलेन्द्र सशसेर जबराको राजीनामाको पक्षमा भएको बताएका छन् । 

नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनका पदाधिकारीहरुसँगको छलफलका क्रममा उनीहरुले यस्तो कुरा बताएका हुन् ।

 बुधवार भएको छलफलका क्रममा उनीहरुले बारको आन्दोलनमा पूर्णसमर्थन रहेको भन्दै न्याय सेवा प्रदान गर्ने विषयमा अनिर्णय र अनिश्चित भएका कारण आफूहरु इजलासमा फर्किएको बताएका बार एशोसिएशनका सचिव ऋषिराम घिमिरेले जानकारी दिए । 

इजलासमा फर्किए पनि बारको आन्दोलनलाई साथ र सहयोग गरिरहने उनीहरुले धारणा राखेको घिमिरेले बताए । 

प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै झण्डै तीन हप्तादेखि बारले आन्दोलन गर्दैसर्वोच्चका न्यायाधीशहरुले इजलास बहिष्कार गर्दै आएकोमा न्यायाधीशहरु बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, तेजबहादुर केसी, कुमार रेग्मी र कुमार चुडाल इजलासमा फर्किएपछि बुधबार बारले उनीहरुसँग 
छलफल गरेको थियो ।