छिट्टै सर्वोच्चको विवाद समाधान हुन्छः प्रचण्ड

छिट्टै सर्वोच्चको विवाद समाधान हुन्छः प्रचण्ड

काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै अदालतको विवाद समाधान हुने बताएका छन् । 

अहिले अदालतमा देखापरेको समस्याबारे ध्यानाकर्षण भएको भन्दै प्रचण्डले समस्याको छिट्टोभन्दा छिट्टो समाधान हुने आशा राखेको बताए । 

महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका प्रचण्डले बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उक्त कुरा बताएका हुन् । 

यो समस्याको समाधानको लागि सबै पक्षले आ–आफ्नो ठाउँबाट पहल गर्ने आशा पनि व्यक्त गरे ।

उनले भने ‘अदालतको समस्या समाधनमा सबैले पहल गर्नु पर्छ । हामी अदालतबाटै एक–दुई दिनभित्र समस्या समाधान होस् भन्ने चाहन्छौ । ’