उपसभापतिको दावी गर्ने महेश आचार्यको घोषणा

उपसभापतिको दावी गर्ने महेश आचार्यको घोषणा

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपसभापतिका लागि नेता महेश आचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आफू निकट नेता तथा कार्यकर्ताहरुलाई यस्तो जानकारी गराएका हुन् । 

उनले आफूनिकटहरुसँग भने, ‘मैले कांग्रेसको नेतृत्व दाबी गर्ने बेला भइसकेको हो, तर सभापतिका लागि तयारी गर्न अब समय नहुने भएकाले यसपालि उपसभापतिमा उम्मेदवार बन्ने निधो गरेँ ।’

कांग्रेसभित्र निष्ठाको राजनीति गर्ने वैचारिक नेताका रुपमा परिचित आचार्य कांग्रेसको नीति विभाग प्रमुख उपसभापति नै हुने भएकाले पार्टीलाई सही रुपमा अगाडि बढाउन आफूले उपसभापतिमा दाबी गरेको बताएका छन् ।