पहिलो ई-पासपोर्ट सत्यमोहन जोशीलाई दिने तयारी

पहिलो ई-पासपोर्ट सत्यमोहन जोशीलाई दिने तयारी

काठमाडौं । सरकारले पहिलो विद्युतीय राहदानी (ई-पासपोर्ट) इतिहासविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीलाई दिने तयारी गरेको छ। राहदानी विभागले आजदेखि ई-पासपोर्टको परीक्षण वितरण सुरु गर्दैछ। परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार दिउँसो २ बजे त्रिपुरेश्वरस्थित विभागको नयाँ कार्यालयबाट ई-पासपोर्टको औपचारिक सुरुवात गर्दैछन्। 

सोही कार्यक्रममा शताब्दी पुरुष जोशीलाई ई-पासपोर्ट प्रदान गरिने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। सन् २०२२ देखि नेपालमा औपचारिक रूपमा ई-पासपोर्ट प्रचलनमा ल्याउने विभागको तयारी छ।

राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले मेसिन रिडेबल राहदानी (एमआरपी) बिस्तारै विस्थापन गर्दै लैजाने उद्देश्यले ई-पासपोर्ट जारी गर्न लागिएको जानकारी दिए। महानिर्देशक अर्यालका अनुसार ई-पासपोर्टको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ।