अध्यक्षमा ओलीलाई सर्वसम्मत बनाउने कसरत, १५ पदाधिकारीमा को-को आउलान् ?

अध्यक्षमा ओलीलाई सर्वसम्मत बनाउने कसरत, १५ पदाधिकारीमा को-को आउलान् ?

काठमाडाैं । एमाले नेताहरूले १० औँ महाधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन गर्ने भनिरहेका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली निर्विकल्प देखिन्छन् । तर सहमतिमा अन्य पदाधिकारी को को आउलान् रु १० बुँदे सहमति गरेका र माओवादीबाट आएका नेताहरूको व्यवस्थापन कसरी होला भन्ने चासोको विषय बनेको छ ।

महाधिवेशनबाट अध्यक्षमा ओलीलाई सर्वसम्मत गराउने गृहकार्य भइरहेको छ । उपाध्यक्ष भीम रावल र घनश्याम भुसालले अध्यक्षमा उठ्ने सङ्केत गरेका छन् । तर, अध्यक्षमा ओलीको मात्र उम्मेदवारी हाल्ने र सर्वसम्मत अध्यक्ष घोषणा गर्ने तयारीमा नेताहरू जुटेका छन् ।

चितवनमा मङ्सिर १० देखि १३ गतेसम्म हुने महाधिवेशनबाट अध्यक्षसहित १५ पदाधिकारी चुनिनेछन् । त्यस्तै, २ सय २५ केन्द्रीय सदस्य चयन हुनेछन् । सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि हुन लागेको महाधिवेशनबाट एमालेले एक ढिक्का रहेको सन्देश दिन खोजेको छ । 

यद्दपी वरिष्ठ उपाध्यक्षमा महासचिव इश्वर पोखरेल, रामबहादुर थापा र सुवास नेम्वाङले दाबी गरिरहेका छन् । यता महासतिवमा पनि विष्णु पौडेल, शंकर पोखरेल र सुरेन्द्र पाण्डेले दाबी गर्दा ओली सकसमा परेका छन् ।