१८० यात्रु सवार विमान इरानको तेहरानमा दुर्घटना

१८० यात्रु सवार विमान इरानको तेहरानमा दुर्घटना

काठमाडौं : इरानमा १८० यात्रु सवार बोइङ ७३७ विमान दुर्घटना भएको छ । युक्रेनी विमान बुधबार बिहान इरानको राजधानी तेहरान नजिक दुर्घटना भएको हो ।

तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा विमान दुर्घटना भएको बताइएको छ । बिमान दुर्घट्नाको विस्तृत विवरण भने आउन नै बाँकी रहेको छ ।