जबरालाई जोगाउन खोज्ने न्यायाधीशहरुको विरुद्ध समेत आन्दोलन गर्ने बारको चेतावनी

जबरालाई जोगाउन खोज्ने न्यायाधीशहरुको विरुद्ध समेत आन्दोलन गर्ने बारको चेतावनी

काठमाडौं । अहिले न्यायाधीशहरुमा पनि फुट आएको छ । तीन सातायता सर्वाेच्च अदालतको इजलास नै वहिष्कार गरेर आन्दोलनमा उत्रिएका न्यायाधीशहरुमा पनि अहिले फुटको स्थिती आएको छ ।

आन्दोलनरत केही न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको निरन्तरतालाई साथ दिन थालेपछि बारले त्यस्ता न्यायाधीशहरुका विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । 

जबराको वहिर्गमणका लागि लडेका बारले जबरालाई जोगाउने कष्ट नगर्न चेतावनी दिएको हो । अन्यथा न्यायालयको सुरक्षा तथा प्रधानन्यायाधीशका विरुद्धमा मात्रै आन्दोलन गरिँदै आएकोमा अब न्यायाधीशहरुका विरुद्ध पनि आन्दोलन गर्ने चेतावनी दिएको छ । बारले त्यसप्रति खबरदारी गरेको हो ।

बारका महासचिव लिलामणि पौडेलले मंगलबार आयोजित विरोध कार्यक्रममा प्रधानन्यायाधीश जबराको निरन्तरताका लागि कुनै न्यायाधीशले पहल गरे उनीहरूविरुद्ध पनि आन्दोलन गर्ने चेतावनी दिएका हुन् । 

यसैबीच प्रधानन्यायाधीशका विरुद्ध आन्दोलनमा उत्रिएकामध्ये ८ जना पुनः नियमित इजलास फकिएपछि बारले यस्तो चेतावनी दिएको छ । 
उनीहरुको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सुनुवाइ गरेको छ ।