आठ वर्षपछि निर्भयालाई न्याय, बलात्कारमा संलग्न चार जनालाई जनावरी २२ मा दिइँदै फाँसी

आठ वर्षपछि निर्भयालाई न्याय, बलात्कारमा संलग्न चार जनालाई जनावरी २२ मा दिइँदै फाँसी

एजेन्सीः नयाँ दिल्लीमा आठ वर्षअघि भएको बहुचर्चित बलात्कार प्रकरणका चार दोषीलाई फाँसी दिने दिन तोकिएको छ। सन् २०१२ डिसेम्बर १६ मा दिल्लीमा मेडिकल छात्रा निर्भया बलात्कार प्रकरणमा दोषी ठहरिएका चार जनालाई दिल्ली अदालतले डेथ वारेन्ट जारी गरेको छ।

बलात्कार घटनामा दोषी ठहर भएका अक्षय गुप्ता, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई फाँसी दिइन लागेको हो।

मृत्युदण्डको सजाय पाएका चारै जनालाई जनवरी २२ मा (८ माघ) मा फाँसी दिइनेछ। आठ वर्ष लागे पनि बितिसक्दा पनि मृत्युदण्डको फैसला कार्यान्वयन भएको थिएन। पीडित परिवारको निवेदनपछि अदालतले वारेन्ट जारी गरेको हो।

जनावरी २२ मा बिहान ७ बजे तिहाड जेलमा उनीहरुलाई फाँसी दिइनेछ।

दोषी ठहर भएका व्यक्तिका तर्फबाट दायर पुनरावलोकन निवेदन यसअघि सर्वोच्च अदालतले खारेज गरेको थियो।

२३ वर्षीय निर्भयाको बलात्कारपछि हत्या भएको थियो। उक्त प्रकरणले दिल्लीमा लामो समय प्रदर्शन समेत भएको थियो। ६ जना आरोपितमध्ये एक जनाले जेलमै आत्महत्या गरिसकेका छन्। एक नावालक सुधार गृहमा छन्।