काठमाडौं । नेकपा मालेका महासचिवमा सीपी मैनाली पुनः चयन भएका छन् । चितवनको नारायणगढमा सम्पन्न पार्टीको आठौं महाधिवेशनले मैनालीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
महाधिवेशनले मैनालीको नेतृत्वको ८१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । पोलिटब्यूरो र स्थायी समिति केन्द्रीय समितिले चयन गर्नेछ ।
उनी ४३ वर्षअघि पनि मालेको महासचिव थिए।
२०३५ सालमा माले स्थापना हुँदा मैनाली संस्थापक महासचिव थिए ।
०४७ सालमा माले र मनमोहन अधिकारीले नेतृत्वको नेकपा माक्र्सवादीबीच एकीकरण भएप्छि उनी एमालेका शक्तिशाली नेता भएका थिए ।
२०५४ सालमा नेकपा एमाले विभाजन भइ माले गठन हुँदा सहाना प्रधान अध्यक्ष र बामदेव गौतम महाचिव भए भने उनी तेस्रो तहका नेता रहेका थिए ।
२०५८ सालमा प्रधान, गौतमहरु पुनः एमालेमा फर्किएपछि मैनालीले मालेलाई नै निरन्तरता दिएका थिए। त्यसयता मैनालीले नै मालेको नेतृत्व गर्दै आएका छन् ।मैनाली यो समेत २४ औं पटक मालेको महासचिवमा चयन भएका हुन् ।