अदालतका विषयमा हामी एक्लैले बोल्न मिल्दैन : नेकपा एस

अदालतका विषयमा हामी एक्लैले बोल्न मिल्दैन : नेकपा एस

काठमाडौं । अहिले सर्वोच्च अदालतको विवाद चरण अवस्थामा पुगेको छ । प्रधानन्यायाधीसलाई हटाउनुपर्ने भन्दै देशव्यापी आन्दोलन सुरु भइसकेको छ । यस्तो अवस्थामा पनि राजनीतिक दलहरु मौन छन् ।

‘न्यायालयको विवादमा हामी बोल्दैनौ’ भन्दै राजनीतिक दलहरुले भने बेला बेलामा प्रतिक्रिया दिइरहेका छन् । न्यायालयको विवादबारे राजनीतिक दलहरुले पनि मुख माग उठिरहेको छ ।

उनीहरु टुलुटुलु विवाद हेर्न नहुने माग उठिरहेका बेला राजनीतिक दलहरु भने तै चुप मै चुपको अवस्थामा छन् । यस्तैमा  नेकपा एकीकृत समाजवादीले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ । पार्टी प्रवक्ता एवं उपमहासचिव जग्गनाथ खतिवडाले सर्वोच्च अदालतको विवादमा आफ्नो पार्टी एक्लैले केही बोल्न नमिल्ने बताएका हुन् । 

आइतबारसम्म दुई दिन चलेको केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले यस विषयका बोल्न गठबन्धन र सरकारको एउटै धारणा आउनु जरुरी भएको भन्दै नेकपा एसले मात्रै बोल्न नमिल्ने बताए । उनले बरु पहल सुरु गर्ने सक्ने भन्दै बोल्न नसक्ने धारणा व्यक्त गरे ।

उनले अदालतमा देखिएको समस्या जहाँबाट सुरु भएको हो, समाधान पनि त्यहीबाट हुनुपर्ने मान्यता भएको भन्दै अहिले केही बेल्न नमिल्ने बताए । यो विवादको निको प्रधानन्यायाधीशको राजीनामाबाट सम्भव हुनसक्ने व्यक्तिगत धारणा व्यक्त गरे ।