काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा आइतबार विद्यार्थीहरुले खाना पकाउने एलपी ग्यासको सिलिण्डर बोकेर प्रदर्शन गरेका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी निकट निकट विद्यार्थी संगठनहरुले काठमाडौंको भृकुटीमण्डपस्थित रत्न राज्य क्याम्पस अगाडि सिलिण्डर बोकेर प्रदर्शन गरेका हुन् ।
उनीहरुले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि फिर्ता लिनुपर्ने, आयल निगका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई बर्खास्त गर्नुपर्ने लगायतका माग राखेका छन् ।
नेपाल आयल निगमले हालै खाना पकाउने ग्यास, पेट्रोल र डिजेलमा मूल्यवृद्धि गरेपछि विद्यार्थीहरुले आन्दोलन गरेका छन् ।