इक्वेडरको जेलमा भिडन्त हुँदा ६८ जना मारिएका छन् । घटनामा परी २५ जना घाइते भएका छन्। शनिवार राति पेनेटेनसियारिया डेल लिटोरल जेलमा कैदीहरुबीच भिडन्त हुँदा यस्तो भएको सञ्चारमाध्यमहरुले जनाएका छन्।
गुयक्वेल सहरको उक्त जेलमा गत सेप्टेम्बरमा पनि भिडन्त हुँदा ११९ जनाको ज्यान गएको थियो। त्यहाँको सरकारले लागूऔषध कारोबारीको समूहका कारण यस्तो भिडन्त भइरहेको आरोप लगाएको छ।
सेप्टेम्बर घटनापछि ६० दिनसम्म जेलहरु संकटकाल लागू गरिएको थियो।