काठमाडौं । नेकपा एमालेले चितवनमा मंसिर १० देखि १२ गते सम्म हुने दशौं महाधिवेशनका लागि तयार गरेको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज एक कार्यक्रमको आयोजना गरी महासचिव ईश्वर पोखरेलले सो लोगो सार्वजनिक गरेका हुन् ।
लोगोमा एक सिंहे गैँडाको चित्रले कम्युनिस्ट पार्टीको झण्डा बोकेको देखिन्छ । साथै अगाडि सूर्य चिह्न अंकित छ। पृष्ठ भूमिमा अंग्रेजीको १० देखिन्छ ।
यसअघि विधान महाधिवेशनले पारित गरेको सूर्य चिन्हभित्रको सुनौलो हँसिया हथौडा भने हटाइएको छ ।
विधान महाधिवेशनका बेला सार्वजनिक गरिएको लोगो माओवादी केन्द्रको चुनाव चिन्हसँग मिल्दोजुल्दो भएको भनि आलोचना समेत भएको थियो ।
लोगो सार्वजनिक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले महाधिवेशनले एमालेको अन्तरिक राजनीतिको मात्र नभई मुलुककै दिशाबोध गर्ने किसिमको भएको दावी गरे । उनले महाधिवेशनमा देशभरबाट आठ लाख सदस्य सहभागी हुने भन्दै भोलिसम्म सबै ठाउँका प्रतिनिधिहरुको टुंगो लागिसक्ने बताए ।
त्यस्तै प्रचार विभागका प्रमुख योगेश भट्टराईले महाधिवेशनको प्रचारका लागि होडिङबिर्ड र डिजिटल बोर्डको प्रयोग गरिने भन्दै सरकारमा हुँदा गरेका कामका भिडियो बनाएर प्रचार गरिने बताए ।