प्रचण्डको निजी सचिवालय फेरबदल

प्रचण्डको निजी सचिवालय फेरबदल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयमा फेर बदल भएको छ ।

आज बसेको स्थायी समितिको बैठकले प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा र प्रेस संयोजक बिष्णु सापकोटा ‘जुगल’को जिम्मेवारी हेरफेर गरिएसँगै प्रचण्डको निजी सचिवालय हेरफेरमा परेको प्रचण्डले बताएका छन् । 

प्रमूख स्वकिय सचिव महरा लुम्बिनी प्रदेशको सह–इन्चार्जको जिम्मेवारी दिइएको छ भने प्रेस संयोजक सापकोटालाई प्रेस सेन्टर नेपालको जिम्मेवारी दिइएको छ ।

अब प्रचण्डका प्रमुख स्वकीय सचिवका रुपमा पूर्व विद्यार्थी नेता रमेश मल्ल रहने भएका छन् । प्रचण्डको प्रेस संयोजकका लागि भने कसलाई जिम्मेवारी दिने भन्ने बारे खुलाइएको छैन ।