३० गते विप्लवले नेपाल बन्द गर्ने

३० गते विप्लवले नेपाल बन्द गर्ने

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कात्तिक ३० गते नेपाल बन्द गर्ने  भएको छ ।

सरकारले पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा मूल्यवृद्धि गर्दै आएको र यसले जनताकाे ढाड सेक्ने काम भएकाे पार्टीकाे ठहर छ । हालै पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिले यातायातमा संचालनमा पनि भार पर्ने भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन पार्टीले एक विज्ञप्तिमार्फत माग गरेकाे छ ।

आफ्नो पार्टी जनसरोकारको अन्यायपूर्ण उत्पीडनलाई मूकदर्शक भएर हेरिरहन नसक्ने विप्लवले बताएका छन् । जनताको ढाड सेक्ने गरी गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका न् । 

मूल्य वृद्धिको विरोधमा पार्टीले कात्तिक २५ देखि ३० गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सार्वजनिक गरिएको कार्यक्रमअनुसार कात्तिक २५ गते दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन गर्ने, २६ गते प्रचाररप्रसार र साँझ मशाल जुलुस, कात्तिक २७ गते दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा देशव्यापी प्रदर्शन, कात्तिक २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्काजाम, कात्तिक २९ गते दिउँसो सिटी जुलुस, साँझ मसाल जुलुस र कात्तिकका कार्यक्रम गर्ने उल्लेख छ।