रामचन्द्र झा एकीकृत समाजवादी प्रवेश गर्दै, ‘ओली प्रवृत्ति’विरुद्ध लड्ने !

रामचन्द्र झा एकीकृत समाजवादी प्रवेश गर्दै, ‘ओली प्रवृत्ति’विरुद्ध लड्ने !

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र झा नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । उनले माओवादी नेताहरुसँग विदा पनि लिइसकेका छन् ।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुसँग सरसल्लाह गरेर नै एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्न लागेको जनाएका छन् । 

आगामी मंसिर ५ गते जनकपुरमा हुने आमसभामा झा औपचारिक रुपमा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । 

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्तिका विरुद्ध लड्न आफूले एकीकृत समाजवादी पार्टी रोजेको बताएका छन् । बुधबार एक मिडियासँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।

आफूले लामो समय पार्टीमा रहेर काम गरेको र अब माधव नेपालसँग नजिक भएर अझ बढी काम गर्ने इच्छा व्यक्त गरे । त्यस्तै माओवादीमा रहेर ओली प्रवृत्तिका विरुद्ध लड्न नसकिने भन्दै एमालेबाटै अलग भएका माधवकुमार नेपालको साथमा रहेर मात्र सम्भव हुने स्पष्ट पारे ।