डडेलधुरामा एमालेलाई धक्का, जिल्ला अध्यक्ष नै पार्टी छोडी एकीकृत समाजवादीमा

डडेलधुरामा एमालेलाई धक्का, जिल्ला अध्यक्ष नै पार्टी छोडी एकीकृत समाजवादीमा

डडेलधुरा । नेकपा एमाले डडेलधुराका अध्यक्ष डा. तारा जोशीसहित जिल्ला कमिटीका नेताहरु एकीकृत समाजवादीमा प्रवेश गरेको छन् । जिल्लामा पार्टी अध्यक्ष केपी ओलीले गरेको एकल निर्णयका कारण असन्तुष्ट बनेका जिल्ला अध्यक्ष डा.जाेशी सहितको टोली आज एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । 

नवआगन्तुकहरुलाई एक कार्यक्रमबीच पार्टी अध्यक्ष माधव कुमार नेपालले टिका लगाएर पार्टी प्रवेश गराएका थिए । जोशीसहित जिल्ला कमिटीका ७५ प्रतिशत सदस्यहरु समाजवादीमा प्रवेश गरेका हुन् ।  प्रेस चौतारी लगायत एक दर्जन जनवर्गीय संगठनका प्रतिनिधिहरु एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

एमालेमा देखिएको व्यक्तिवादी, सिद्धान्तहीन र अराजकतावादी सोचकाविरुद्ध आफूहरू समाजमावादीमा लागेको डा.जाेशीकाे भनाइ छ । नेता डा. जोशीले आफूसहितको सम्पूर्ण टीम समाजवादीमा क्रियाशील हुने समेत बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे कार्यान्वयन गर्न नसकेको भन्दै सुदूरपश्चिममा असन्तुष्टी बढिरहेको छ ।