ओलीको एकल निर्णयका कारण एमाले डडेलधुराका जिल्ला अध्यक्ष समाजवादीमा प्रवेश

ओलीको एकल निर्णयका कारण एमाले डडेलधुराका जिल्ला अध्यक्ष समाजवादीमा प्रवेश

डडेलधुरा । नेकपा एमालेमा विभाजन भई नेकपा एकीकृत समाजवादी गठन भएपछि नेतादेखि कार्यकर्तासम्म तानातानको स्थिती छ । दुवै पार्टीका शीर्ष नेतृत्वहरुले आफ्नो पार्टीमा आउन आह्वान गरिरहेका छन् । 

यस्तैमा एमाले डडेलधुरा जिल्ला कमिटीमा पनि असन्तुष्टि बढेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अध्यक्षका रुपमा प्रकाश साउदलाई जिम्मेवारी दिएपछि एमाले डडेलधुरामा विवाद चर्किएको हो । 

ओलीले गाउँ तथा नगर अधिवेशनमा सर–सल्लाह नै नगरी अध्यक्षमा साउनलाई जिम्मेवारी दिने भएपछि असन्तुष्ट बनेका डा. तारा जोशीको टिम नै नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका छन् ।

उनलाई नेकपा एसका अध्यक्ष माधव नेपालले बुधबार एक कार्यक्रमबीच स्वागत गर्दैछन् । 

तत्कालिन नेकपा विघटन भई एमाले र माओवादी व्यूतिँदा एमालेमै रहेको डा.जोशीको टिमले १० बुँदे सहमतिदेखि अपानी १२ लगायतको कार्यान्वयन हुन्छ कि हुँदैन भनेर पर्ख र हेरको अवस्थामा रहेको थियो । तर जिल्लामा कार्यान्वयन नभएपछि सिंगो टिम नै एसमा प्रवेश गर्न लागेको बताएका छन् ।