पार्टीको अस्तित्व जोगाउन तोकिएको समयमा महाधिवेशन जरुरी छ : थापा

पार्टीको अस्तित्व जोगाउन तोकिएको समयमा महाधिवेशन जरुरी छ : थापा

सिन्धुली : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली युवा नेता गगनकुमार थापाले नेपाली कांग्रेसको १४ औं महाधिवेशन तोकिएको समयमै हुने बताएका छन् । पार्टीले अहिले सार्वजनिक गरेको महाधिवेशन तालिका अब कसैले चाहेर पनि सार्न मिल्ने भन्दै तोकिएकै मितिमा महाधिवेशन हुने बताए ।
नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्ज्वल बरालको आमाको निधनप्रति दुःख व्यक्त गर्न सोमबार सिन्धुलीको रानीबास पुगेका थापाले समयमै महाधिवेशन गर्न नसके पार्टी वैधानिक रुपमा नै संकटमा पर्ने उल्लेख गर्दै पार्टीको अस्तित्व जोगाउन कुनै हालतमा तोकिएको समयमा महाधिवेशन गर्नु पर्ने धारणा व्यक्त गरे । उनले महाधिवेशन सकेर पुसको पहिलो सातामा पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने बताए । 

अधिवेशन कसैलाई तिक्तता नबढाउने खालको हुनेपर्ने उनको भनाई थियो । अर्को प्रसंगमा नेता थापाले आगामी निर्वाचनमा कांग्रेसको कसैसँग पनि गठबन्धन नगरी लड्ने उल्लेख गर्दै कार्यकर्ताहरुलाई चुनावी अभियानमा लाग्न निर्देशन समेत दिए । उनले आगामी  निर्वाचनमा नेपाली कांग्रेसलाई रुखमै भोट हाल्नुपर्ने अन्य चिन्हमा हाल्न नपर्ने उल्लेख गरे । 

महाधिवेशन सकिएको भोलिपल्ट झण्डा उठाएर स्थानीय चुनावमा लाग्नुपर्ने बताए ।