पार्टीको काममा फर्किए नेता खनाल

पार्टीको काममा फर्किए नेता खनाल

काठमाडौ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल पार्टीको काममा सक्रिय भएका छन् । मिर्गौला प्रत्यारोपणपछि भारत र स्वदेशमै पनि लामो समय आरामरत खनाल स्वास्थ्य सामान्य बन्दै गएपछि पार्टीको काममा सक्रिय हुन थालेका हुन् । 

विदेश विभागका प्रमुखसमेत रहेका खनाल सोमबार मीन भवनस्थित पार्टी कार्यालयमा विभागको तीन घण्टासम्म चलेको पहिलो बैठकमा पूरा समय सहभागी भएको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार नेता खनालले विभागका सदस्यहरूसँग आगामी कार्ययोजनाबारे छलफल गरेका थिए । 

मिर्गौला प्रत्यारोपणका लागि असार २ गते भारतको नयाँ दिल्लीको एपोलो हस्पिटल पुगेका खनाल १४ भदौमा काठमाडौं फर्किएपछि घरमै आराम गरी बसेका थिए ।