अष्ट्रेलियामा उड्डयनमन्त्री भट्टराईद्धारा नेपाल भ्रमण वर्षको उद्घाटन्

अष्ट्रेलियामा उड्डयनमन्त्री भट्टराईद्धारा नेपाल भ्रमण वर्षको उद्घाटन्

काठमाडौ : अष्ट्रेलियामा नेपाल भ्रमण वर्ष २०२० को मंगलबार मध्यान्न उद्घाटन गरिएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गरेका हुन् ।

त्यसअघि सिड्नीका विभिन्न स्थानबाट नेपालीहरु आ(आफ्नो सास्कृतिक पहिरनसहित सर्कुलर क्युवेमा आइपुगेका थिए । त्यसक्रममा नेपालीहरुले डढेलो पीडितका लागि सहयोग जुटाउने अवसरका रुपमा स्याल्भेसन आर्मीका चन्दा बाल्टिनहरु बोकेका थिए । केहि नेपाली स्वयम सेवकहरुले जिवजन्तुहरुका लागि पनि सहयोग संकलन गरेका थिए । कार्यक्रममा नेपालका पर्यटनमन्त्री भट्टराईले अस्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरे ।

नेपाल र नेपाली जनता अस्ट्रेलियाको दुःखमा साथमा रहेको उनले बताए । उनले यहाँ भएका आफ्ना कूटनीतिक नियोग तथा नेपालीहरुलाई सहयोगमा जुट्नसमेत आग्रह गरेका छन् । न्यु साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओडी ले अस्ट्रेलियाले व्यहोरिरहेको संकटमा नेपालीहरुको पनि साथ र सहयोग रहेको बताए ।