इराकका प्रधानमन्त्रीमाथि ड्रोन हमला

इराकका प्रधानमन्त्रीमाथि ड्रोन हमला

काठमाडौं । इराकी प्रधानमन्त्रीको निवासमा आइतबार बिहानै ड्रोनबाट हमला भएको छ। इराकी प्रधानमन्त्री मुस्तफा अल काधिमीलाई लक्षित गर्दै ड्रोन हमला भएको छ। 

विष्फोटक पदार्थले भरिएको ड्रोनबाट उनीमाथि आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। उनीमाथि बिहानै हमला भए पनि उनी भने सुरक्षित रहेको बीबीसीले जनाएको छ ।

इराकको सेनाका अनुसार उक्त हमला प्रधानमन्त्रीको हत्या गर्नमा केन्द्रित थियो। यो आक्रमण बगदादको ग्रीन जोन क्षेत्रमा भएको थियो। बगदादमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच शुक्रबार भएको भीडन्त पछिको अवस्था बुझेर फर्कदै गर्दा उनीमाथि ड्रोन आक्रमण गरिएको हो। प्रधानमन्त्रीले मुस्ताफाले सामाजिक सञ्जालमार्फत आफू सुरक्षित रहेको बताएका छन्।