जीवनबहादुर शाहीलाई २१ सदस्यको समर्थन, आजै मुख्यमन्त्रीमा नियुक्त हुने

जीवनबहादुर शाहीलाई २१ सदस्यको समर्थन, आजै मुख्यमन्त्रीमा नियुक्त हुने

सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेश गरेका छन् ।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री दावी पेश गर्न आह्वान गरेसँगै शाहीले प्रदेशसभाका २१ सदस्यको समर्थनसहित दावी पेश गरेका हुन् । 

गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा ‘एकीकृत समाजवादी’ को समर्थनमा मा मंगलवार दिउँसो शाहीले मुख्यमन्त्री दावी पेश गरेका हुन् । आज साँझ साढे सात बजेसम्म दावी पेशका लागि समय तोकिएको छ । 

शाही आजै राती नै मुख्यमन्त्रीमा नियुक्त भई शपथ गराइने 
 प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ । राति साढे आठ बजे शपथ ग्रहण गराउने गरी तयारी भइरहेको बुझिएको छ । 

पूर्वसहमति अनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमवार पदबाट राजीनामा दिएका थिए ।