चुनावमा जसको जमानी बसे उही फुत्कियो, अब आफै विकास गर्छु : ओली

चुनावमा जसको जमानी बसे उही फुत्कियो, अब आफै विकास गर्छु : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो निर्वाचनमा माडीको विकास भएन भनेर आफू प्रचण्डको जिम्मा जमानी बसेर जिताएको दावी गरेका छन् । उनले चितवनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको जमानी बसेर उनलाई जिताएको तर अहिले उनी नै फुत्किएको टिप्पणी पनि गरे ।

मंगलबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माडीको विकास भएन भन्दा प्रचण्डले गर्लान भनेर जमानी बसेको उल्लेख गर्दै जमानी बसेको बताए । 
अब माडीको विकास आफूले गर्ने समेत ओलीले दावी गरे । उनले भने, ‘पहिला जमानी बसे, अब म आफैले यो क्षेत्रको विकास गर्नेछु ।’ उनले थपे, ‘फेरि यो क्षेत्रमा चुनाव लड्न लागेको नठान्नु होला, चुनाव जहाँमबाट लडेपछि विकास पहिलो यो ठाउँको गर्नेछु ।’

उनले माडीबाट चुनाव जितेकाहरुलाई देश र जनताको चिन्ता नभएको बताए । उनले अयोध्यापुरीको विकासले नेपालमै नमुनाको काम गर्ने समेत बताए । 

ओलीले आफू नेतृत्वको सरकार ढाल्न विपक्षीलाई साढे तीन वर्ष लागेको भन्दै अब एमालेको सरकार बने कसैले ढाल्न नसक्ने ठोकुवा पनि गरे ।

उनले भने, ‘नेकपा एमालेको सरकार साढे तीन बर्षमा बल्ल ढाले । पहिला पनि एकपटक नौ महिनामा सरकार ढालेका थिए । अब बन्ने सरकार कसैले ढाल्न सक्दैन ।’

उनले राम जानकीको सालिक बनाउनेदेखि लिम्पियाधुराको भूमि समेटेर नेपालको नक्सा बनाउनेसम्मको काम नेकपा एमालेले गरेको भन्दै जनतालाई एमालेको राम्र्रो काम देखाउन आग्रह समेत गरे ।