काबुलमा सैनिक अस्पताल नजिकै बम विस्फोट हुँदा १९ जनाको मृत्यु

काबुलमा सैनिक अस्पताल नजिकै बम विस्फोट हुँदा १९ जनाको मृत्यु

काबुल । अफगानिस्तानको राजधानी काबुलमा सैनिक अस्पताल नजिकै भएको बम विस्फोटनमा परी १९ जनाले ज्यान गुमाएका छन् । घटनामा अन्य ४३ जना घाइते भएका त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।  

कावुलस्थित सरदार मोहम्मद दाउद खान सैनिक अस्पताल नजिकै सो विष्फोट भएको थियो ।

एकजना आईएसले अस्पतालको प्रवेशद्वारमा आत्मघाती तबरले विष्फोट गराएको थियो भने अन्य थुप्रै आक्रमणकारीहरू अस्पताल भवनमा प्रवेश गरी तालिबानहरूलाई आक्रमण गरेका थिए । प्रत्येक्षदर्शीहरूलाई आधार मान्दा घटना सो आक्रमण इस्लामिक स्टेटले गराएको गराएको हुनसक्ने अनुमान गरिएपनि घटनाको जिम्मा भने आझैसम्म कसैले लिएको छैन । 

इस्लामिक इमिरेटका प्रवक्ता बिलाल कारिमीले ४०० सैयाको अस्पतालको प्रवेशद्वारमा कम्तीमा दुईओटा बम विस्फोट भएको जानकारी दिएका छन् ।

यद्यपि, अलजजिराले यसको स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ ।