काठमाडौं । नेकपा एमालेका नेता प्रभु साहले साहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बाँचुन्जेल साथ दिने बताएका छन् । केही सयमअघिसम्म ओलीसँग असन्तुष्ट बनेको साह पछिल्लो समेत ओलीसँगको भेटपछि निकै घनिष्टता जताइरहेका छन् ।
साहले एमालेमा सक्रिय भएप्छि ओलीलाई निशर्त साथ दिने घोषणा गरेका हुन् । चितवनको भरतपुरमा आयोजित कार्यक्रममा साहले भने, ‘केपी शर्मा ओली भनेर मैले बुझेको देशको एउटा सेन्टर हो। निर्धक्क ढंगले अगाडि बढेर हामी केही गर्न सक्छौ ।’ उनले थपे, ‘ओली कम्युनिस्टलाई एकीकृत गर्ने काममा लाग्नुभएको छ । म उहाँलाई साथ दिन्छु ।’
साहले २ नम्बर प्रदेशमा अघिल्लो चुनावमा भएको पराजयको क्षतिपुर्ति हुनेगरि यो पटक जित हुने बताए ।
नेकपा माओवादी केन्द्रले कांग्रेससँग सहकार्य गरेको आपत्ति जनाए । उनले कम्युनिस्टको भोट लिएर कांग्रेसलाई साथ दिएर माओवादीले गद्दारी गरेको आरोप लगाए ।