एक हप्तापछि इजलासमा फर्किए न्यायाधीशहरु

एक हप्तापछि इजलासमा फर्किए न्यायाधीशहरु

काठमाडौं । एक हप्तादेखि आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीशहरु आजबाट इजलासमा फर्किएका छन् । 

गत आइतबारदेखि इजलास नै बहिस्कार गरी आन्दोलनमा उत्रिएका न्यायाधीशहरुले आजबाट इजलासमा बस्ने निर्णय गरेका हुन् । उनीहरुले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलनलाई जारी राख्ने निर्णय पनि गरेका छन् । 
 
हिजो न्यायाधीशहरू अनिल सिन्हा, सपना प्रधान मल्ल र मनोज शर्मा सम्मिलित वार्ता टोली गठन गरेपछि आजबाट उनीहरु इजलासमा फर्किएका हुन् । 

प्रधानन्यायाधीशले आज पेसी तोक्दा बन्दी प्रत्यक्षीकरणबाहेकका अरु मुद्दा स्थगित गरेका थिए । आज बन्दी प्रत्यक्षीकरण मुद्दा सुनुवाइका लागि ६ वटा इजलास गठन गरिएका छन् ।

प्रन्या जबराले पनि सम्मानजनक बर्हिगर्मनको प्रस्ताव राखेका थिए ।