कर्णाली प्रदेशमा एकीकृत समाजवादीका तीन मन्त्री आउट, तीन नै मन्त्री इन

कर्णाली प्रदेशमा एकीकृत समाजवादीका तीन मन्त्री आउट, तीन नै मन्त्री इन

काठमाडौं । नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेशले आफ्नो पार्टीका तीन मन्त्रीको बहिर्गमनसँगै सो ठाउँमा आफ्नै पार्टीका तीन मन्त्री पठाउने भएको छ ।

सरकारमा रहेका तीन मन्त्रीहरुको समयावधि सकिएर भोलि तीन मन्त्रीहरु बाहिरिएसँगै पार्टीले नयाँ मन्त्रीहरु पठाउने आइतबार बसेको प्रदेश कमिटीको बैठकले निर्णय गरेको छ । निकै जोखिम मोलेर अगाडि बढेको भन्दै अब मन्त्रालय कुनै हालतमा पनि नछाड्ने निर्णय पार्टीले निर्णय गरेको सांसदहरु देवी ओली जानकारी दिईन् । 

सरकारमा रहेका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अमरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पदावधि सोमबार सकिँदैछ ।

प्रदेशसभा सदस्य नरहेको व्यक्ति बढीमा ६ महिनासम्म मात्र मन्त्री बन्न पाउने व्यवस्था भएकोले उनीहरु स्वतः बहिर्गमन हुन लागेका हुन् । तर रिक्त पदहरुका लागि एकीकृत समाजवादीले मन्त्री तयारी अवस्थामा राखेको छ । 

पार्टीले रिक्त पदका लागि सांसदहरु देवी ओली, पदमबहादुर रोकाया र चन्द्रबहादुर शाहीलाई पठाउने भएको छ । कुन मन्त्रालयका लागि को जाने भन्ने निर्णय नभएपनि कुनै पनि मन्त्रालय नछाड्ने पार्टीको निर्णय रहेको सांसद ओलीले जानकारी दिईन् ।